
२५ चैत काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा पुगेका छन् ।
बुधबार भएको लिग चरणको अन्तिम खेलमा विजयी भएपछि पुलिस र डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन् । लिगको अन्तिम खेलमा न्यू डायमण्ड विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।
६ टोली सहभागी लिगमा न्यू डायमण्ड १३ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पुलिस ११ अंक जोड्दै लिगमा दोस्रो भएको हो । फाइनल खेल बिहीबार हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा न्यू डायमण्डले एपीएफविरुद्ध पहिलो सेट २५–२१ ले जित्दै अग्रता बनायो । दोस्रो सेट टाई ब्रेकमा जित्दै न्यू डायमण्डले २–० को अग्रता बनायो । तेस्रो सेटमा पुनरागमन गरेको एपीएफले २५–१४ ले सेट जित्यो । तर चौथो सेट फेरि न्यू डायमण्डले २५–२१ ले जित्दै खेल जित्यो ।
न्यू डायमण्डले पहिलो संस्करणको उपाधि पनि जितेको थियो । न्यू डायमण्डले २०७४ सालमा आफैंले आयोजना गरेको पहिलो संस्करणको न्यू डायमण्ड कपमा एपीएफलाई हराएपछि यो पहिलो जित हो ।न्यू डायमण्डले पहिलो संस्करणको उपाधि पनि जितेको थियो । न्यू डायमण्डले २०७४ सालमा आफैंले आयोजना गरेको पहिलो संस्करणको न्यू डायमण्ड कपमा एपीएफलाई हराएपछि यो पहिलो जित हो ।