समाचार

जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण सुरु, तीन घण्टामा रिपोर्ट आउने

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण हुने भएको छ। प्रयोगशालामा यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण हुनेछ।

प्रयोगशालाअनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ। प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो। याे सेवा लिनकाे लागी यो सेवा लिनको लागी चिकित्सको अथवा अस्पतालको आकस्मिक उपचारको लागि भनी सिफारिस हुनुपने अनिवार्य हुनुपर्नेछ । यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने सुचनामा जनाइएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *