अर्थ

अर्बपतिको सूचीमा ६ सय स्थान तल झरे विनोद चौधरी

काठमाडौं । नेपाली उद्यमी विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीमा ठुलो स्थान खस्किएको छ ।

फोर्ब्स म्यागजिनले मंगलबार प्रकाशित गरेको अर्बपतिको सूचीमा चौधरी २१४१ स्थानमा छन्। जुन अघिल्लो वर्षको भन्दा ६२८ औं स्थान तल हो । अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए ।

कोरोना भाइरसको महामारीका कारण उनको सम्पत्तिमा वृद्धि हुन नसकेको कारण स्थान खस्किएको हो । हाल उनकाे कुल सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ।

चौधरीले सन् २०१३ मा पहिलोपटक फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका थिए।

प्रकाशित सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन्। उनको सम्पत्ति १७७ अर्ब डलर छ। त्यस्तै टेस्लाका मालिका एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *