अर्थ

३६० रूपैयाँमा खुल्यो ज्योति लाईफको शेयर कारोबार

काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयर कारोबार खुला भएको छ ।

कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३६० देखि खुलेको हो । कारोबारको दोस्रो घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३८१ पुगेको छ ।

यो दिन कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । यस अवधिसम्म कम्पनीको २३ लाख ४६ हजार २५ कित्ता शेयर खरीद आदेश रहेको छ भने विक्री कर्ता देखिएका छैनन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १२० दशमलव २९ र ३६० दशमलव ८७ तोकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *