राजनीति

मुख्यमन्त्री गुरुङलाई माधव समूहबाट खतरा

काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार संकटमा परेको छ । प्रदेश सभामा ६० जनामध्ये एमालेको मात्रै २८ जना सांसद छन् ।

तर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेकै १ जना सांसदबाट खतरा देखिएको छ । एमालेभित्रको अन्तरद्वन्द्वमा माधव नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा पर्ने वा नपर्ने निर्धारण गर्छ ।

३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ । अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् । चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो भने थापा कृषीमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री गुरुङ बहुमतमै देखिन्छन् । माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *