समाचार

कोरोना संक्रमण तीव्र हुन थालेपछि विश्वविद्यालयले पुनःशुरु गरे अनलाइन कक्षा

काठमाडौं । काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन कक्षा शुरु गरेको जानकारी गराएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ ।

विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रम अनलाइनमार्फत नै पठनपाठन हुने जनाएको छ । विश्व विद्यालयले अप्रिल ८ देखि मे १४ सम्म अनलाइन कक्षा सञ्चालन गर्ने भनि सूचनामा उल्लेख गरेको छ । दैनिक काेराेना संक्रमण फैलिन थालेपछि बुधमात्र मात्र स्वास्थ्य मन्त्रालयले रात्रीकालिन ब्यवसाय ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ । साथै सबै क्षेत्रलाइ जन स्वास्थ्यका मापदण्द पालना गन निर्देशन दिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *