समाचार

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा युनियन नेतृत्वको प्यानल विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा युनियन नेतृत्वको प्यानल विजयी भएको छ ।

प्यानलबाट अध्यक्षमा बालकृष्ण अधिकारी, उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल, सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् ।

प्रतिष्ठान प्रदेशमा १३५८ मतदाता रहेकोमा १२६८ मत खसेको थियो । जसमा अध्यक्षमा निर्वाचित अधिकारीले ९४० मत प्राप्त गरे । अध्याक्षका अर्का प्रत्यासी उद्धव कार्कीले ३२८ मा पाए ।

उपाध्यक्षमा निर्वाचित विरेन्द्र्र ओलीले ७७८ मत पाउँदा उपाध्यक्षका अर्का प्रत्यासी सरोज कोइरालाले ४५४ मा पाए ।

उपाध्यक्ष महिलामा निर्वाचित रुक्मिणी पोखरेलले ७३६ मत ल्याउँदा अर्का प्रत्यासी राधिका जोशीले ४३५ मत पाइन् ।

महासचिवमा निर्वाचित रामकुमार शाहीले ७११ मत पाउँदा महासचिवका अर्का प्रत्यासी कमल रानाले ४३५ मत पाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *