कला/साहित्य

कटौता


१,
निशान हान्दा
निलो आँखा घुमेको
छेकिँदा आफै लडेँ ।
२,
धनको थुप्रो
घ्याम्पोभित्र खुम्चेको
कैदीको अनुहार ।
३,
घुमेको घेरा
डरलाग्दो आवाज
थुप्रिएको बतास ।
४,
लडाइदियो
भताभुङ्ग जीवन
खोजेको सोझो हाँगा ।
५,
खोजेँ पाइन
आफू जस्तै खोजेको
ठाडो पर्खाल भेटेँ ।
६,
रङि्गन पत्थर
कापा नै भरिएको
मिच्दा मिच्दै चिप्लेको ।
७,
आँखाको थुप्रो
बाटो छिचाेल्न खोज्दा
रित्तिएको बाल्टिन ।
८,
सानो सम्झना
थुपारेर कोचेको
सधैं दिमागै थोत्रो ।
९,
सधैं भूकम्प
आफैभित्र छिरेको
छ्याकै छ्याका पोतेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *