समाचार

राजकुमार फिलिपको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छिन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेका छन् ।

सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *