अर्थ

एनसीसी बैंकको ऋणपत्र बाँडफाँट तथा रकम फिर्ता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) कोे ऋणपत्र चैत २७ गते बाँडफाँट भएको छ । कम्पनीले चैत १३ गतेदेखि १८ गतेसम्म १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

प्रतिऋणपत्र रू. १ हजार मूल्यको कुल कित्तामध्ये ११ लाख ४० हजार कित्ता मात्र आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० लाख कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको भने बाँकी १८ लाख कित्ता भने कम्पनी आफैंले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई विक्री गर्ने जानकारी दिएको छ ।

साथै, कम्पनीले आंशिक बाँडफाँटमा नपरेको ऋणपत्र बापतको रकम चैत ३० गतेदेखि आइपीएसमार्फत आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *