समाचार

नेपालमा गैँडाको संख्या बढ्यो

काठमाडौँ । नेपालमा पछिल्लो ६ वर्षमा गैँडाको संख्या बढेको छ ।पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गणनाको आज सार्वजनिक गरिएको नतिजाअनुसार गैंडाको संख्या ७५१ पुगेको हो । योसँगै १०६ वटा गैंडा थपिएको पाइएको छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए ।

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा फेला परेका छन् । उक्त स्थानमा ६९४ वटा गैंडा रहेको छ । यस्तै, बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा रहेको पाइएको छ ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो ।निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *