ताजा समाचार

लहानमा लुटेरा समूहद्वारा सुनचाँदी व्यवसायीको हत्या

लाहान । लहानमा एक सुनचाँदी व्यवसायीको हत्या भएको छ। पसल लुट्न आएका लुटेरा समूहले व्यवसायीको घरमै प्रवेश गरीमध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हत्या गरेका हुन्।

लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ। उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ। पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन हुन्छ।

हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ। घाइते उनको लहान अस्पतालमा उपचार भैरहेको छ। प्रहरीले शंकास्पद दुई जना व्यतिmलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताए। हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए।

हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भित्र प्रवेश गरेको स्थानीयले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *