अर्थ

यो साता ३ दिनमात्र सेयर कारोवार हुने, दोस्रो बजारमा चाप पर्ने अनुमान


काठमाडौं । यो साता तीन दिन मात्रै शेयर कारोबार हुने भएको छ । यो साताको पहिलो दिन आज आइतबार घोडेजात्राका दिन सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको छ । यसै साता वैशाख १ गते नयाँ वर्षको विदा परेकाले उक्त दिन पनि बजार बन्द रहनेछ ।

सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमास सम्पन्न हुनै लाग्दा तीन कम्पनीहरुको वित्तीय विवरणले बजारलाई कस्तो प्रभाव पार्ला भन्नेमा पनि आम लगानीकर्ताहरुमा चासो देखिएको छ । फागुन मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिन्छ । तेस्रो त्रैमासको वित्तीय विवरण पनि बजारलाई सकारात्मक गतितर्फ अघि बढाउँने मद्दत गर्ने खालको आउँनेमा पनि लगानीकर्ता आशाबादी देखिएका छन् । यो साता ३ दिन मात्र कारोवार हुने भएकाले दोस्रो बजारमा चाप बढ्न सक्ने जानकार बताउछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *