समाचार

नेपाल सुपर लिग लागी क्रोएसियन खेलाडी अनुबन्ध

२९ चैत काठमाडौं । वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले क्रोएसियन खेलाडी अनुबन्ध गरेको छ । यसका लागी ललितपुरले क्रोएसियन सेन्टर फरवार्ड भिलिम पोनिस्कोभिकलाई टिममा भित्र्याएको हो । नेपालमा वैशाख ११ देखि २५ गतेसम्म पहिलो पटक फ्रेन्चाइज फुटबल आयोजना हुँदैछ ।

भिलिमले पछिल्लो समय बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजनको लिग खेलेका थिए ।

ललितपुरले अक्सनमार्फत मिक्छेन तामाङ, नविन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन, रन्जन विष्ट, निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी र अर्पन कार्कीलाई टिममा अनुबन्ध गरिसकेको छ । टिमको प्रशिक्षकमा प्रदीप हुमागाई छन् । दुई साता चल्ने लिगका खेलहरु दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *