अर्थ

आकासियाे कुखुराको मासुको मूल्य ,खुद्रा बिक्रीमा नै ४१० रुपैयाँ तोकियाे

काठमाडौं । काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च भएको छ छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघले जानकारी दिएको छ । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको छ ।
यो सगै काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको हाे । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।

जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि किसानले प्रतिकिलो अधिकतम् २७० रुपैयाँ पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ ।

कोरोना पछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकामा दैनिक साढे दुई लाख किलो मासुको माग हुने गरेकोमा उत्पादन भने कम रहेको संघले जनाएको छ ।
देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कारणले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *