अर्थ

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ ।    

त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *