रिबन

वरिष्ठ नेता पौडेललाई शोक परेपछी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडाै । नेपाली कांग्रेसको आजकाे केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियो। बैठकमा पेश गर्ने एजेन्डाबारे आइतबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएकोले बैठक स्थगित गरिएको संकल्प खबरलाई बताए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेकोले केन्द्रीय समिति बैठक स्थगित गरिएको पौडेलले बताए।

पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो।

क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्ने समय आजसम्म थियो। आजको बैठकले क्रियाशील बाँड्ने समय थप गर्ने बताइएको थियो। आगामी बैठक कहिले बस्छ भन्ने मिति तय भने गरिसकिएकाे छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट