रिबन

भारतमा कोरोना संक्रमणको दैनिक नयां रेकर्ड, एक दिनमा १ लाख ७० हजार संक्रमित, ९ सय भन्दा बढीको मृत्यु

भारतमा एकैदिनमा १ लाख ७० हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार भारतमा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। भारतमा कोरोना संक्रमणको दरले दैनिक नयां रेकर्ड राखेको छ । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो। भारतमा पछिल्ला केही दिनयता निरन्तर एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।

आइतबार थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा ६३ हजार २ सय ९४ जना छन् भने नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार २ सय ७६ जनामा संक्रमण देखिएको छ।
त्यसैगरी आइतबार भारतभरि नौ सय चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा एक करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७० हजार संक्रमितको ज्यान गएको छ।

भारतमा झन्डै आइतबार सम्ममा १० करोड मानिसलाई कोरोनाको भ्याक्सिन लगाइएको छ। भारतमा जनस्वास्थ्य कडा मापदण्ड अपनाइएपनि कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट