समाचार

एमालेतिर लागेका चार जना प्रदेश सांसद बर्खास्त

काठमाडाै । नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो ।

माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए । यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन् ।

यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले २४ घण्टे स्पष्टीकरणको माग गरेका थियो । तर जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय हो ।

प्रदेशसभा सचिवालयलले पनि माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको जानकारी दिएको छ ।

प्रदेश २ मा माओवादीकेन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *