रिबन

प्रधानमन्त्री ओलीले वैशाख ६ मा पार्टीको केन्द्रीय कमिटी बैठक बाेलाए

नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बाेलाएका छन्

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ। पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन्। यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताइएकाे छ । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *