रिबन

संसद बैठकमा एमसीसी टेबल गर्न सांसदहरुको माग

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट एमसीसीको प्रस्ताव तुरुन्त अगाडि बढाउन सरकारसँग आग्रह गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले एमसीसीको प्रस्ताव नै नल्याई संसदमा प्रवेश गर्न दिइएन भनिएको भन्दै आपत्ति जनाउँदै यस्तो आग्रह गरेकी हुन् ।

“धेरै सांसदले एमसीसी पास गर्नुपर्छ भनिराख्नु भएको छ । संसदको आफ्नो प्रक्रिया छ । सरकारले प्रस्ताव ल्याउनुपर्यो । सरकारले एमसीसी टेबल गर्नुपर्यो । अनि मात्र कार्यविधि संसदमा अघि बढ्छ,” उनले भनिन्, “सरकारले एमसीसी टेबल नगर्ने, पटक–पटक संसदमा प्रवेश गर्न नदिने भनेर अभिव्यक्ति आइराखे छ । यसलाई तुरुन्त अगाडि बढाउन पनि सरकारलाई हामी संसदमार्फत आग्रह गर्न चाहन्छौं ।”

त्यस अघि संसदको शून्य समयमा बोलेका सत्तारुढ दल एमालेका सांसद खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मामा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको बताउँदै उनले यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् ।

अधिकारीले काँग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरिएको एमसीसी सभामुखकोमा थन्किएर बसेको आरोप लगाए । उनले अरु विषय कार्यव्यवस्थामा छलफल भए पनि एमसीसीबारे छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *