राजनीति

सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।चितवन निवासी पौडेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ हुन् ।

सभापति देउवाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- “मेरा मित्र रामचन्द्र पौडेलजीका भाई चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखित भएको छु । स्वर्गीय पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट