समाचार

निर्माणाधीन धरहरा वैशाख ११ गते उद्घाटनको तयारी

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणाधीन धरहरा उद्घाटनकाे तयारी गरेकाे छ । निर्माण सम्पनन नभइ धरहराकाे उद्घाटन गर्न सरकार ताम्सिएकाे छ । पछिल्लाे समय निर्माण कै चरणमा रहेका विकास आयोजनाकाे सरकारले धमाधम उद्घाटन गर्न थालेकाे छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन ।  भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए ।    

 भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *