विश्व

आणविक भट्टीबाट निस्केको हानिकारक पानीलाई महासागरमा मिसाउने जापानी मन्त्रिपरिषद्को निर्णय

टोकियो । जापानले फुकुसिमा आणविक भट्टीबाट निस्केको हानिकारक पानीलाई अबको दुई वर्षभित्र प्रशान्त महासागरमा मिसाउने निर्णय गरेको छ । स्थानीय र छिमेकी देशहरूको विरोधका बाबजुद जापान सरकारले मंगलबार भट्टीबाट निस्किने हानिकारक रेडियोधर्मी तत्व रहेको पानीलाई समुद्रमा पठाउने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ । सुरक्षा चासो र विरोधका कारण लामो समयदेखि विचाराधीन रहेको यो विषयमा मन्त्रिपरिषद्को बैठकले निर्णय लिएको हो ।

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक भट्टीमा क्षति पुगेको थियो । क्षतिपछि भट्टीबाट चुहावट भएको पानीलाई हालसम्म जम्मा गरेर राखिएको छ । सोही पानीलाई समुद्रमा पठाउने निर्णयले जापान सरकारले गरेको हो ।

वैज्ञानीकहरूले रेडियोधर्मी तत्व भएको पानीलाई ठूलो मात्रामा पानी हुने समुद्रमा मिसाउँदा समुद्री जीवलाई खासै असर नगर्ने बताएका छन् । भट्टी सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी र सरकारी अधिकारीले पानी भएको हानिकारक मानिने रेडियोधर्मी तत्व ट्राइटियमलाई हटाउन नसकिने बताएका छन् । उनीहरूले कम मात्राको ट्राइटियमले गम्भीर असर नगर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री योशिहिडे सुगाले फुकुसिमा प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन प्लान्टबाट निस्किएको पानीलाई समुद्रमा मिसाउन अपरिहार्य रहेको बताएका छन् । उनले स्थानीय कृषक, पयर्टन तथा माछापालना पर्ने असरमा सरकाले छिटै कार्यक्रम गर्ने आस्वासन दिएका छन् ।

समाचार स्राेत : एपी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *