समाचार

२४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । पहिलेकै अवस्थामा संक्रमण बढ्दै गए जेठ अन्तिमदेखि असार सम्ममा दैनिक ११ हजार सम्म कोरोनाका सक्रमित देखिन सक्ने सरकारले अनुमान गरेको छ।

हाल कोरोनाको दोस्रो लहर सुरू भएको र अहिलेकै अवस्थामा संक्रमण बढ्दै गए दैनिक ११ हजार र असार सम्ममा ६ लाख सम्म संक्रमितको संख्या पुग्न सक्ने सरकारले अनुमान गरेको हो।

यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *