शिक्षा / स्वास्थ्य

वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने

काठमाडौं । कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो। सरकारले गएको माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरेको थियो।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसाफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले खोपको पहिलो मात्रा लगाएका थिए ।

दोस्रो चरणको खोप लिनलाई खोप कार्ड अनिवार्य लिएर खोप केन्द्रमा जान भनिएको छ।

गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते लगाउन भनिएको छ। माघ १८, १९, २०, २१, र २७ गते लगाउनेले वैशाख ८ गते लगाउन मिति तोकिएको छ।

माघ २२, २३, २४, २८ र फागुन २ गते लगाउनेले वैशाख ९ गते, माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते लगाउन भनिएको छ।

तोकिएका केन्द्रहरुमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *