समाचार

अब मेची महाकाली र देश बचाउने पालो हाम्रो हो: पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व पूर्वराजाले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको शाहले सन्देशमा उल्लेख गरेका छन् ।

‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ ।’ ज्ञानेन्द्रले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै भनेका छन् ।

पूर्व पूर्वराजाले पितापूर्खाहरुले निर्माण गरेको नेपालको साझा फूलबारीलाई सबैले एकतावद्ध भएर जोगाउने बताएका छन् । उनले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको समेत बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *