खेलकुद

नेदरल्यान्ड्स क्रिकेट टोली नेपाल आइपुग्याे

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ । नेदरल्यान्ड्सको टिम मंगलबार बिहान काठमाडौँमा अवतरण गरेको हो ।

नेपालको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज वैशाख पहिलो साता कीर्तिपुर मैदानमा सुरु हुँदैछ । सिरिजमा नेपालसहित नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् । नेदरल्यान्ड्सले सिरिजको पहिलो खेलमा नेपालसँग बैशाख ४ गते खेल्नेछ । दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिम उपाधिका लागि बैशाख ११ गते भिड्नेछन् ।

मलेसियाको टोली पनि आजै नेपाल आइपुग्ने बताइएको छ । सबै खेलाडीको कोरोना परिक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र मैदानमा प्रवेश गर्न पाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट