फिचर

स्वतन्त्रता र खुुुुसी खोसिएको वर्ष २०७७

काठमाडौं । विगतका वर्ष झै २०७७ सालमा नयाँ वर्षको उल्लास आम नेपालीमा छाएन । नेपाली जनताले नयाँ वर्षमात्र होइन २०७७ का कुनै चाड पर्व हर्ष उल्लासपूर्वक मनाउन पाएनन । धर्म सस्कृतिलाई केन्द्र विन्दुमा राख्ने नेपाली जनताले चाडपर्वको खुशी साट्न पाएनन । आफन्तसंग दिल खोलेर रम्न पाएनन । जसको प्रमुख कारण थियो विश्वव्यापी फैलिएको (कोभिड–१९) कोरोना भाइरसको महामारी ।

कोरोना भाइरसको संत्राशमा परेका नेपाली जनताले सरकाले गरेको लकडाउनको पूर्ण पालना गरे । नयाँ वर्षमा घरभित्रै बसे । नयाँ वर्ष मात्र होइन २०७७ सालका सम्पूर्ण चाड पर्व आम नेपालीका लागि प्रयाः खल्लो नै बन्यो ।
सरकारले तयारी बिनै लकडाउन गरेपछि जनजीवन अत्यास लाग्दो बन्यो । श्रमिक र न्युन आय भएका व्यक्तिहरुको चुलो बल्नसम्म नसक्ने अवस्था सिर्जना भयो । हप्तै भोकै र नाङ्गै हिडेर मानिसहरु सहरबाट गाउँ फर्किन बाध्य भए । सरकार त्यसको रमिते र बाधक बन्यो । जनताको पडामा पल्हपट्टी लगाउने काम गर्न सकेन ।
सरकारले महामारीको असर मुल्यांकन नगरी बन्दाबन्दी गरेर नागरिकलाई घरभित्र बस्न बाध्य बनायो । झ्यालबाट बाहिर हेर्दा पनि कोरोना सर्छ भन्ने शैलीमा सरकार प्रस्तुत भयो । र, मनोवैज्ञानिक त्राश पैदा गर्यो । जुन मानवअधिकार र लोकतन्त्र विरुद्धको कदम थियो । सरकारले महामारी नियन्त्रणमा भन्दा सत्ता संरक्षमा ध्यान केन्द्रित गर्यो । सत्ता संरक्षित भ्रष्टाचरले मुलुक आहत बन्यो । तत्तकालिन नेकपा भित्रको टकरावले मुलुक तहसनहस बन्यो । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचारको ग्राफ बढेको प्रतिवेदन सार्वजनिक ग¥यो । यि बहुविद निराशका बीच नेपालका लागि एउटा सुखद् समाचार प्राप्त भयो । त्यो समाचार थियो नेपाल दक्षिण एशियाकै खुसी मुलुकमा पर्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट