रिबन

२४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ ।

४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७. ५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसैबीच आज मात्र वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *