मुख्य समाचार

वीरगन्जको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भइसकेको छ । उनीहरुको
‘कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य जारी रहेकाले संक्रमितको संख्या अझै बढने असपतालले बताएको छ ।

अस्पतालका अनुसार जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाअनुसार, आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो ।

यसबाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट