कला/साहित्य

प्यारो राष्ट्र नेपाल

वरं पाशुपतक्षेत्र धर्मो धर्मेण रक्षते ।।
त्रैलोक्यानां गरिष्टोयं नेपालइति सर्बत ।।
(स्कन्दपुराण हिमवतखण्ड नेपालमाहात्म्य ५९।५९(६० ।)
अविद्यायाम्मृत्युन्तिर्विद्यायाम्मृतमनुस्ते
साविद्यायाविमुक्तये ।
(यजुर्बेद ४०।१५)

भो सिद्वि गणेश कुमारबिष्णु शिब सूर्य जगदम्बिका ।
महाकालीलक्ष्मीदुर्गा सरस्वती योगमायागायत्री ।।
गुरु ब्रहमानारद वेदव्यास भिष्म विश्वामित्र वशिष्ठ ।
सर्वे देव देवी गुरु पितृ कुर्बन्तु नो मंगलम ।।

मीठो लाग्छ मलाई त प्रिय कथा पूर्खा र नेपालको ।
प्यारो राष्ट्र नेपालको उदयको चन्द्र सूर्य झन्डाको ।।
श्रद्धा ग गर्छु मेरो हृदयमनले धर्म र संस्कृतिको ।
सालीग्राम पशुपति बराह र सबै तीर्थ क्षेत्र ।
गर्व गर्छु म ता सत्य कथा पढ्दा प्राचीन नेपालको ।
गण्डकी कोशी र बाग्मती कर्णाली नालापानी क्षेत्रको ।।
कोशिक वराह र पाशुपत साथै शालिग्राम क्षेत्रको ।
यो पृथ्वीभरको पावन पुण्यभूमि भुक्ति मुक्ति क्षेत्रको ।।
पूर्खाले आर्जेको तिष्टा र कांकडा दूष्टले खोसिदियो ।
हिमवत खण्डमा नेमुनिको नीति बल्थ्यो धर्मको दियो ।।
सबै सुखीखुसी निरोगी होउन भन्ने सु गाथा थियो ।
दूख कष्ट पिडा आपद, विपत भोग्न कसैले नि नपरोस ।।
खुसी हँुदै पढ्छु गौरव र गाथा वीर–वीरङ्गनाको ।
हाम्रो मातृभूमिप्यारो राष्ट्र नेपालपवित्र संसारको ।।

मातापिता गुरु गाई र अतिथी देउतासरी पूजने ।
वर्तमान जस्तै पूर्व पूनर्जन्म वेद पूराणबूझ्ने ।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट