शिक्षा / स्वास्थ्य

यसरी गर्नुहाेस नयाँ बर्षको पहिलो दिनबाट खानपानकाे सुधार

काठमाडौ । मानव शरिर स्वस्थ्य रहन खानपिन र आफ्नो जीवनशैलीलाई सहि तरिकाले प्रयोग गर्नुपर्दछ । हाम्रो खानपीन र जीवनशैलीलाई सही ढङले मात्र चलाउने हो भने पनि ८० प्रतिशत सुरक्षीत तथा स्वस्थ्य रहन सक्छौ । बाकी, ब्यक्ति अस्वस्थ्य अन्य कारणले हुन्छ अर्थात २० प्रतिशत रोग लाग्ने अन्य कारणहरु पर्ने चिकित्सकहरु बताउछन् । त्यसै कारण चिकित्सकहरुले बेला बेला स्वस्थ्य खानपान ध्यान दिन सुझाइरहेका हुन्छन् । यदि हामीले चिकित्सहरुको सुझावलाई मात्र अवलम्बन गर्ने हो भने पनि ८० प्रतिशत रोगबाट बच्न सकिन्छ ।

समय समयमा पर्ने चाडबाड तथा खुसी बाड्ने बहानामा गरिने उत्सवहरुमा खाइने खानाहरु स्वस्थ्य जीवनशैलीका लागी उपयोगी मानिदैन । अझ यतिखेर हामी द्रास्रो लहरको कोरोना भाइरसको सामना गरिरहेको छौ । यस्तो समयमा त झनै ब्यक्तिले आफनो शरिरको अवस्थाको कस्तो छ ख्याल गर्दै स्वस्थ्यकर खानपिन र जीवनशैली अपनाउन अनिवार्य छ ।

आज हामीले तपाइहरुलाई ब्यति स्वस्थ्य बन्न कस्तो खालको उपयोगी खाना प्रयोग गर्ने जानकारी दिएका छौ । कोरोनाको दोस्रो लहर सामना गर्न तपाइले कस्तो खानपान गर्ने ?
यी हुन् स्वस्थ्य तथा उपयोगी खानाहरु

१.विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

२. फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने।

३.दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।

४ . माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।

५. दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने।

६. खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने।

७.खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।

८.खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने।

९.गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने।

१०.सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने।

११. पर्याप्त मात्रामा सफा पानी पिउने।

१२.नियमित रूपमा शारीरिक परिश्रम गर्ने।

१३. परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने।

१४. पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।

१५. मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।

१६. शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने।

१७.शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउने।

१८.गर्भवती र स्तनपान गराउने आमाले थप र पोषिला खाद्य वस्तु उपभोग गर्ने।

१९. किशोरकिशोरीहरूले खानपान सम्बन्धी स्वस्थ मानी बसाल्ने।

२०.ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
यतिमात्र होइन शरिरको रोग प्रतिरोधी क्षमता बढाउन नियमित योग, ध्यान तथा शारीरिक व्यायामको समेत आवश्यकता पर्दछ । त्यस्तै गरी अमिलो जातका फलफूल,प्रोटिन र भिटामिन सी भएका खानेकुरा प्रशस्त मात्रामा खान बिज्ञहरुले सुझाएका छन् ।

यी माथिका उपायहरुमा नियमित रुपमा अबलम्बन गर्ने हो भने पनि धेरै किसिमका रोग तथा संक्रमणबाट बच्न सकिन्छ । आउनुहोस् नयां बर्षको पहिलो दिनबाट आफ्नो खानपानलाई सुधारौ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट