रिबन

सभामुखप्रति प्रधानमन्त्रीको आक्रोशः संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति

आजका पत्रपत्रिकामा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । केहीे हिजो नयाँ साल २०८७८ को बैशाख १ गतेको पहिलो दिनो सुर्योदयको तस्वीर कैद गरेका छन् भने कोरोना दिनानुदिन बढेको खबरले पनि सबै पत्रिकामा स्थान पाएका छन् ।

नागरिक दैनिकले नेपाल गन्जमा कोरोना संक्रमण तिव्र भएको समाचारलाई प्राथमिकता दिएको छ । एक सातामा ४ के मृत्यु ७४ जना अस्पताल भर्ना र २ सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यस्तै सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश शिर्षकमा अर्को समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे ।

अन्नपूर्ण पोस्ट्ले पनि सभामुखप्रति प्रधानमन्त्री असन्तुष्ट भएको खबरलाई छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुखप्रति असन्तुष्टि जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

राजधानी दैनिकले गण्डकी प्रदेश सरकार धरापमा शिर्षकमा समाचार छापेको छ । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।

डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण रहेको गोरखापत्र दैनिकले समाचार छापेको छ । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, “पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *