समाचार

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएलगत्तै गण्डकी प्रदेश सभाको चालू अधिवेशन अन्त्य

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएलगत्तै गण्डकी प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । तर, बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्री गुरुङलाई सजिलो भने छैन । २५ प्रतिशत सांसदले समावेदन गरेमा अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ ।

गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । तीन दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाबीच गठबन्धन हुन लागेपछि एमाले नेतृत्वको सरकारले हठात अधिवेशन अन्त्य गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *