समाचार

सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन,प्रस्तावित निजामती संघीय ऐनको विरोध

काठमाडाै । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन् । बिहीबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर कर्मचारीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा राखिएका प्रावधानहरूले कर्मचारीको वृद्धि विकासमा बाधा पुग्ने भन्दै त्यसलाई सच्याउन दवाव दिने उद्देश्यले प्रदर्शन गरेको कर्मचारीहरुले बताएका छन् ।

ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था गरिएको निजामति संघीय ऐन संसदको राज्य व्यवस्थाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधिसभामा पुगेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट