अर्थ

नेप्से बिहिबार हालसम्मकै उच्च विन्दुमा, काराेवार रकम पनि उच्च

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नयाँ बर्षको पहिलो कारोबारमा नेप्से दुई हजार सात सय ३५ दशमलब ४६ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र ३१ गते बुधबार नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २०.६१ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ४० विन्दुमा पुगेको छ ।

त्यस्तै, आज ८ अर्ब ६३ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज शेयरमूल्यमा पोजेटिभ सर्किट लाग्नेमा बेष्ट फाइनान्स कम्पनी, एनआइसी एसिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, छ्याङिद हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंक रहेका छन् । बिहिबार सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको सूचीमा बैंक तथा वित्तिय संस्था परेका छन् । जसमा सबैभन्दा बढी कारोबार गर्नेमा एनआइसी इसिया लघुवित्त रहेको छ । यसको ४९ करोड ८९ लाख भनदा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज निफ्राको ४९ करोड ८७ लाख बराबरको कारोबार भएको छ भने एनआइसी एसिया बैंकको ३२ करोढ ६२ लाख भन्दा बढीको कारोबार भएको छ । यसैगरि, नेपाल बङलादेश बैंकको २४ करोड ७९ लाख, नबिल बैंक २३ करोड १५ लाख, ग्लोबल आईएमई २० करोड १८ लाख, कुमारी बैंकको १९ करोड ८२ लाखको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट