रिबन

ओलीलाई जसपाले भन्यो, ‘उधारोमा डिल नगराैं, जे गर्ने हो क्यासमै गरौं’

आजको पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । गण्डकी प्रदेशको हिउँदे अधिबेशन अन्त्य भएको खबरलाई सबैले पहिलो पृष्ठमा छापेको छन् । मुख्यमन्त्रीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा भएपछि अधिबेशन नै अन्त्य गरेका थिए । त्यस्तै स्वास्थ्य मन्त्रालयले १४ अति प्रभावित जिल्लामा विद्यालय नजान गरेको आग्रहलाई पनि सबै पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएका छन् ।
स्वास्थ्य मापदण्ड लत्याउँदा जोखिममा शिक्षालय शिर्षकमा नागरिक दैनिकले लेखेको छ, नेपालगन्जमा आइतबारदेखि एक साता विद्यालय बन्द गरिने छ ।
नेपालगन्जमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ। विद्यार्थी र शिक्षक संक्रमित भएपछि विद्यालय असुरक्षित देखिएका छन्। पछिल्लो पटक नेपालगन्जमा शिक्षक र विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माविका २ शिक्षक र २ विद्यार्थी, मंगलप्रसाद माविका २ जना, सेन्ट थोमस बोर्डिङ स्कुलका ३ जना, वाटरपार्क, महेन्द्र र आर्दश माविका एकरएकजना शिक्षक, आदर्श मावि र सनविम माविका एक÷एक विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।

प्रदेशहरूमा सत्ता–खेल शिर्षकमा अन्नपूर्ण पोस्ट् लेख्छ,कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। यसका लागि प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठकमा सरकारले दुई अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
त्यस्तै सत्ता समिकरणबारे एमालेसँगको छलफलमा जसपाको कुरो नमिलेको खबरलाई छापेको छ । जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन,नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ। तर टकपटक धोखा पाएकोले अब आफूहरू उधारोमा डिल नगर्ने बताउँदै जे गर्ने हो क्यासमै गरौं भनेका थिए।

आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक शिर्षकमा नेपालगन्जको खबरलाई समाचार पत्रले छापेको छ । दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट