रिबन

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए।

कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो।
प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन पनि आजबाटै शुरु हुँदैछ ।
एमालेका तीन जना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीले रिक्त मन्त्रालयको जिम्मेवारी अन्य दुई मन्त्रीलाई तोकेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार आज नै अविश्वासको प्रस्तावउपर टुङ्गो लाग्ने छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएपछि प्रदेशसभाको कूल सङ्ख्या ३९ मा झरेको छ। हाल प्रदेशसभामा एमालेका सभामुखसहित २०, माओवादीका १२, नेपाली कांगे्रसका छ र राप्रपाका एक सदस्य छन्। प्रदेशसभामा आफ्नो एकल बहुमत रहेको दाबी गर्दै एमालेले सरकार गठनको गृहकार्य थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट