अर्थ

बिवाहकाे सिजन शुरु भएसगै सुनको मूल्यमा वृद्धि,ताेलामा नब्बे हजार ५ सयमा काराेबार

काठमाडौं । बिवाहकाे सिजन शुरु भएसगै नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँ बढेको हो ।

यो सँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *