मनोरञ्जन

आनन्द कार्कीको स्वरमा तुलसा र देवराजको अभिनय( भिडियोसहित)

काठमाडौं । चर्चित मोडल तुलसा कटुवाल र देवराज आचार्यको अभियनय रहेको‘जिन्दगी अझै जिउने’म्युजिक भिडियो सार्वजनिक भएको छ । चेतन खतिवडाको शब्द रहेको अधुनिक गीतमा आनन्द कार्कीको स्वर छ । उक्त गीतमा शक्ति बल्लबले संगीत भरेका छन ।
म्युजिक भिडियोको छायंकन उद्धव ओलीले गरेका हुन । म्युजिक भिडियो देब मिडिया प्रालिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी कटुवाल बिगत तीन बर्षदेखि आफ्नो पारिवारिक कारणले कलाकारिता क्षेत्रबाट टाढा थिइन । कटुवाल चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको गीतबाट पुनः कलाकारिता क्षेत्रमा आएकी हुन । मोडल कटुवालले लामो समयको संघर्षपछि यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन ।

संखुवासभाको चैनपुरमा जन्मिएकी तुलसाले करिव पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोमा र दमन रुपाखेतीको हास्य टेलिसिरियल हाक्का हाक्की पक्का पक्कीमा आफ्नो अभिनयकला देखाइसकेकी छिन । विशेष गरी कलाक्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले विभिन्न खालका लोक, आधुनिक र पप गीतका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट