देश

प्रधानमन्त्री ओलीले प्रचण्डलाई किन गरे फोन ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फोन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिण ललितपुरबाट हिँडेका छन् ।

प्रचण्ड शुक्रबार बिहान कोन्ज्योमसोम गाउँपालिकाको भवन उदघाटन गर्न चौघरे पुगेका थिए । भवन उदघाटनपछि शुभकामना मन्तव्य दिने क्रममा प्रचण्डले धेरैपछि प्रधानमन्त्री ओलीले आज फोन गरेको, किन फोन गरेको हो ? सोध्छु भन्दै उनी बाहिरिएका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै दुवैबीच हार्दिक सम्बन्ध छैन । फोनमा कुराकानीसमेत हुँदैन । झन् फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता खारेज गरिदिएपछि ओली र प्रचण्डबीच संवादहीनताको अवस्था छ ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । त्यसकै लागि उनले प्रचण्डलाई फोन गरेर आउन निमन्त्रणा दिएको हुन सक्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *