समाचार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

संसदको हिउँदे अधिवेशन अन्त्य, बजेट अधिवेशन तथा कोरोना भाइरस महामारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । त्यसकै लागि उनले शुक्रबार प्रचण्डसँग फोनमा कुराकानी गरेका छन् ।

यसअघि ओलीले सर्वदलीय बैठक बोलाएका थिए । तर, उनले बोलाएको बैठकमा नजाने प्रचण्डको भनाइपछि राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको बचाउ गर्दै अन्य दलका नेतालाई मिलेर जान दबाब दिएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट