समाचार

कोरोनाको ग्राफ बढेको बढै , एकै दिन ९ सय संक्रमित थपिए

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । आज मात्र नेपालगन्जस्थित भेरी अस्पताल १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ । दोस्रो लहरको कारोनामा बाके कोरोनाको केन्द्र बनेका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *