समाचार

न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सवोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ ।

समितिले न्याय परिषदद्वारा प्रस्तावित दुवै जनाको नाम अनुमोदन गरेको हो । शुक्रबार सुनुवाइ समितिले सुवेदी र चुडाललाई बोलाइ सुनुवाइका लागि छलफल गरेको थियो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्न आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

समितिमा प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध ५ वटा र चुडालविरुद्ध २ वटा उजुरी परेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *