कला/साहित्य

सेडोका कविता


१,
पाएको धोका
खिन्नता भाव लिँदै
पाखा लाग्दै बसेको ।
मिलन गाँस्दा
सहयोगी हातले
शिखर चुम्न खोजेको ।
२,
बेकाम बस्दा
मृत्युतुल्य जीवन
रहर नै धसियो ।
जीवन बुझ्न
चितामाथिको धुवाँ
तोडिएको घमण्ड ।
३,
कुहेको सिनो
गन्धले निसासिँदा
नाक थुन्दै दौडेको ।
ठक्कर खाँदा
गहिरो दु:खाइले
चिमोट्छ मन सधैँ ।
४,
खर्चिलो चाह
आँखा चिम्लि हुत्तिँदा
अँध्यारोले थिचेको ।
रीतिथितिमा
कुसंस्कार अँगाल्दा
चेतना खुम्चिएको ।
५,
निद्रा पर्दामा
देखिएको सपना
बिउँझिन हतार ।
लामो रातमा
आँखाभित्र संसार
सुख दिन्छ निद्राले ।
६,
पराइ मन
लुकेर हेर्दाहेर्दै
आफैसँग जोडेको ।
आफ्नै सम्झेर
विश्वास साटासाट
धोकामा रन्थनिएँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *