कला/साहित्य

तन्का कविता


१,
माछा फुत्केछ
गनाउने पोखरी
पानीको स्वाद
भित्रैभित्र कुहिँदा
पलाएको लहरा ।
२,
मात्तेको बैँस
बोसै बोसोको थुप्रो
हातमा चिल्लो
घाममा सेकाउँदा
निस्केछ गन्धै गन्ध ।
३,
अँगालो मार्दा
गनाउने पसिना
सुकेको भन्टा
बैँसले झुक्याउँदा
झरेको सेतो फूल ।
४,
गुलाफ फुल्दा
मस्किएको बगैंचा
तल ओर्लिदा
शीतले गिजाएछ
काँडाले कोपरेछ ।
५,
हरियो पात
बाटामा डुबाउँदा
तन्केको आखा
ओइलिएको बैँस
हिलोमा पछारिँदा ।
६,
पानी नै तातो
उम्लिन खोज्ने गर्मी
दह्रो पाखुरा
जमेको नीलो पानी
खुट्टा छिर्दा झस्केको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *