अर्थ

खाने तेलको मूल्य फेरि बढ्यो

काठमाडौ । बजारमा खाने तेलको मूल्य फेरि बढेको छ। खुद्रा व्यापार संघका अध्यक्ष अनुसार खाने तेलको मूल्य लिटरमै १० देखि १५ रुपैयाँ बढेको हो।

केही दिनअघि प्रतिलिटर २३५ देखि २४० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जानकारी दिएको छ।

यसअघि लिटरको २१५ देखि २२० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३० सम्म पुगेको छ।
संघका अनुसार तोरीको तेलमा पनि ब्राण्डअनुसार १० देखि १५ रुपैयाँ बढेको छ।

तेल प्रसोधन उद्योगीहरुले कच्चा पदार्थको मूल्यवृद्धि भएकै कारण तेलको वृद्धि भएको बताएको छ।

खुद्रा व्यापारीहरु भने भारतमा तेल मंहगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताउछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *