समाचार

मेलम्चीको पानी चुहावट व्यवस्थापनका लागि कार्ययोजना मस्यौदा तयार

काठमाडौं । काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भएपछि चुहावट व्यवस्थापनका लागि कार्ययोजनाको मस्यौदा तयार भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापा नेतृत्वमा बनेको कार्यदलले पानीको चुहावट र त्यसले सडकमा पारेका समस्या समाधान गर्न संक्षिप्त कार्ययोजनाको मस्यौदा तयार गरेको हो ।

गत मंगलबार थापको नेतृत्वमा विभिन्न सरोकारवालाहरु सम्मिलित कार्यदल बनाएर सडकमा पानी चुहिने समस्या समाधान गर्न पहल थालिएको थियो । सडक विभागका महानिर्देशक थापाका अनुसार अब काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल र सडक विभागका प्राविधिकहरु सम्मिलित संयुक्त कार्यसूमह बनाइनेछ । करिब २५ जनाको सो समूहले जहाँ जतिबेला समस्या आउँछ, तुरुन्तै गएर मर्मतको काम गर्ने उनको दावी छ ।

महाराजगञ्ज क्षेत्रमा ९० र चाबहिल क्षेत्रमा ३० भन्दा बढी स्थानमा सडक भत्काएर मर्मत गर्न अनुमति मागिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार अहिले अढाइ सय स्थानमा पानी चुहिएका छन्

यसका लागि आवश्यक बजेट उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले आश्वासन दिएका छन् । मन्त्रिपरिषदबाट निर्णय गराएर भएपनि पानीको चुहावट र सडक मर्मत गर्ने रकम जुटाउने आश्वासन मन्त्रीहरुले दिएका मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु बताउँछन् । यसैबीच अहिले पाइपलाइन मर्मतका लागि केयूकेएलका विभिन्न वितरण केन्द्रले सडक विभागसँग सडक खन्ने अनुमति मागेका छन् । महाराजगञ्ज क्षेत्रमा ९० र चाबहिल क्षेत्रमा मात्रै ३० भन्दा बढी स्थानमा सडक भत्काएर मर्मत गर्न अनुमति मागिएको छ । महानिर्देशक थापाका अनुसार अहिले अढाइ सय स्थानमा पानी चुहिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *