शिक्षा / स्वास्थ्य

भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघ्याे,संक्रमण भयावह बनेपछि मेला स्थगन गर्न मोदीकाे आग्रह

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाले भारतमा शुक्रबार मात्रै थप १,३४५ जनाको मृत्यु भएको थियाे ।

योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यसैगरी गरी पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको संक्रमणबाट कारण मृत्यु भएको छ ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६ सय ४९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २६ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजारभन्दा बढी रहेको छ । भारतमा अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ डोज खोप लगाइसकिएको छ ।

पछिल्ला दिनमा महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, बिहारलगायतका राज्य संक्रमण फैलने क्रम तीव्र बनेको छ । संक्रमण रोक्न विभिन्न राज्यहरुमा कर्फ्यु र लकडाउन गरिएको छ । भारतको राजधानी दिल्लीमा सप्ताहान्तमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति दस बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।

संक्रमण बढेसँगै अस्पतालहरुमा किरामीहरुको चाप निकै बढेको छ ।संक्रमण भयावह बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरिद्वारामा जारी कुम्भ मेलालाई स्थगन गर्न आग्रह गरेका छन् । मोदीले शनिबार बिहान ट्वीट गर्दै आयोजकलाई मेला स्थगन गर्न भनेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *